Nepali Embassy Japan टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी ।

 

टोकियोबाट विद्युतीय राहदानी (e-Passport) को Pre-enrollment फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी । 

https://eontokyomofawrghqr.giwms-admin.gov.np/pages/passport-2/ 

  1. गुगल वा अन्य इन्टरनेट ब्राउजर प्रयोग गरी nepalembassy.gov.np टाइप गरी नेपाली राजदूतावास, टोकियोको वेभसाइटमा जानुहोस् ।
  2. वेभसाईट खुल्दा पपअपमा देखिने Apply for e-Passport लिङ्कमा Click गर्नुहोस् । वा सिधै https://emrtds.nepalpassport.gov.np/ लिंकमा जानुहोस् । वेभसाइट खुल्दा आउने पपअपमा राजदूतावासबाट इ-पासपोर्ट Pre-enrollment खोलिने मिति तथा समयको क्यालेण्डर देखा पर्नेछ ।
  3. Apply for Passport- राहदानीका लागि आवेदन मा क्लिक गर्नुहोस् ।
  4. Type of Application मा विकल्पहरु छान्नुहोस् ।
    • पहिलो पटक राहदानी लिन (First Issuance)- जापानमा जन्मिएका बच्चाहरु (जसको यस अघि राहदानी बनेको छैन) ले यो बिकल्प छान्नुहोस् ।
    • म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
    • हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो राहदानी हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने ले यो बिकल्प छान्नुहोस् ।
    • बिग्रेको राहदानीको सट्टामा Replacement (Damaged)- पुरानो राहदानीको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ राहदानी बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
  5. आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको राहदानीको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
  6. "I agreeस्वीकृत छ" भन्ने शीर्षकमा click गर्नुहोस् ।
  7. Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी NE,Tokyo छान्नुहोस् ।
  8. आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Captcha Character लाई तलपट्टी टाइप गरी Next मा click गर्नुहोस् ।

थप जानकारीको लागि Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館  मा सम्पर्क गर्नुहोला। 

Embassy of Nepal

Fukukawa House B, Meguro-ku, Tokyo 153-0064, 6-20-28 Shimomeguro

Tel: 03-3713-6241, 6242 Fax: 03-3719-0737

email-eontokyo@mofa.gov.np

Honorary Consulate General of Nepal in Osaka

6-9-21 Uehonmachi FUSION+ Building 8F, Tennoji-ku , Osaka

543-0001 Tel: 06-6776-0120 Fax: 06-6779-3325 10:00 to 12:00 (except Saturdays, Sundays and holidays)

Honorary Consulate of Nepal in Fukuoka

4F Hakata Kindai Building, 1-1-33 Hakataekihigashi, Hakata-ku, Fukuoka 812-0013  

Tel: 092-710-7309 Fax: 092-710-7310 10:00 to 13:00 (excluding weekends and holidays)


https://jp.nepalembassy.gov.np/pages/contact--11 




https://jp.nepalembassy.gov.np 









MORE