Uniqlo Ichikawa shiohama Bus reservation process बसको योयाकु गर्ने तरिका

UNIQLO को काम को लागि एकदिन पहिले बसको योयाकु गर्नुपर्ने हुन्छ।

बसको समय भन्दा 10 ,15 मिनेट आगाडी बस चड्ने ठाउमा पुग्नुहोला। चढ्ने र फर्कने बेलाको बसको योयाकु आफैले गर्नुहोला। बसको योयाकुतलको लिंक बाट गर्नुहोला।

 
बसको योयाकु र बस कहा बाट चढने ठाउँ हेर्नको लागि यहा click गर्नुहोस। (PDF FILE ) ※बसको योयाकु गर्ने तरिकाको लागि तलको भिडियो हेर्नुस। 👇👇  
-आफ्नो नाम , email id लेख्नुहोस। -株式会社ユニクロ मा क्लिक गर्नुहोस। -社員番号/Dept No. को स्थानमा 株式会社マックスサポート लेख्नुहोस्। यो सेन्ड गरेपछि मेल मा लिंक आउछ उक्त लिंक मा क्लिक गर्नुहोस। -乗車予約 मा क्लिक गर्नुस -Date चुज गर्नुस। -MFLP II 行き चुज गर्नुस। -आफु कुन स्टेशन बाट बस चढ्ने हो उक्त स्टेशन चुज गर्नुस। -MFLP II 着 चुज गर्नुस। -बस् चढ्ने समय चुज गर्नुस। -予約する चुज गर्नुस। -予約を登録する चुज गर्नुस। योयाकु भए नभएको खाकुनिन , योयाकु समय परिवर्तन ,योयाकु क्यन्सिलको लागि :- -予約内容の確認 चुज गर्नुस। बस Ichikawa Shiohama Station(市川塩浜駅)/Gyotoku Station(行徳駅) बाट बस लाग्दछ। Ichikawa Shiohama Station (市川塩浜駅) बस चड्ने तरिका :- Ichikawa Shiohama Statio को NORTH EXIT (北口)बाट बाहिर निस्कनु। निस्कने बितिकै बस चड्ने बस स्टान्ड छ। बस त्यही आउदछ। बसको आगाडी MFLP市川塩浜Ⅱलेकको हुन्छ। चड्न भन्दा पहिला एकचोटी ड्राईभर लाई सोद्नुहोला। अरु पनि जापानिज हरु हुन्छन सगै जाने। बस चड्ने ठाउको location :- https://maps.app.goo.gl/jMN8naDMRRFntFp47 Gyotoku Station(行徳駅) बाट बस चड्ने तरिका Gyotoku Station स्टेशन मा निस्कने ठाउ एउटा मात्र छ। निस्किए पछि यो तलको लोकेशन मा बस आउदछ । https://maps.app.goo.gl/pocAhtnDZGgyARbX7 ※बसको योयाकु गर्ने तरिकाको लागि तलको भिडियो हेर्नुस। 👇👇 → https://youtu.be/HvhfZD0HthI कम्पनिको ठेगाना 1 Chome-12 Shiohama, Ichikawa, Chiba 272-0127 https://maps.app.goo.gl/taquAYPHL38RuMhp6


तलका uniqlo का नियमहरु पनि पढ्नुहोस :-👇👇👇👇👇

आवश्यक सामग्री: कोंबिनी तेही भएकोले खाजा र पेय पदार्थ तेही किन्न पनि सक्नु हुनेछ। कृपया घरमा मसला हालेर पकाएको कनेकुराहरु काम लिएर नजानुहोला। नोट :- खाजा खाईसके पछि आफु बसेर खाजा खायको ठाउ राम्रोसग सफा गर्नुहोला। कस्तो कपडा लगाएर काममा जाने :- आफुले लगाएर गएको कपडामानै काम गर्नु पर्ने भएकोले काम गर्न सजिलो हुने खालको कापडा लागएर जानु होला। घुम्म जाने जस्तो कपडा लगाएर नजानु होला। - लामो प्यान्ट लागएर जानुहोला (छोटो प्यान्ट ,कट्टु,जाम,कुर्था ,सारी लागान पाइनेछैन) - जुत्ता लगाएर जानु होला (स्यान्डल लागान पाइनेछैन) - लामो मोजा लगाएर जानुहोला - कुनै पनि गहना लगाउन पाइने छैन (सिदुर ,पोते ,पियर्स, नेकलेस आदि निषेध। विवाहको औंठी हो भने ठीक छ) - कामको समयमा सफा र सभ्य देखिने कपडा लगाउनुहोस्। ध्यान दिनुपर्ने कुराहरु :-
→ काम गर्दा हाकेन बाट गएको हो जे गरेनी हुन्छ भनेर काम नगर्ने ,ठग्ने जस्तो नगर्नु होला।
→ यदी काममा जादा ढिला हुने भयो, ट्रेन डिले हुने भयो,बस छुट्ने भयो भने पहिलेनै हाम्रो अफिसमा सम्पर्क गर्नुहोला। → काम गर्दा आफ्नो समय हेरेर उक्त समयमा काममा छिर्नु होला। → कामको समएमा एक अर्का सग कुरा नगर्नुहोला। → लिडरले गराएको काम राम्रोसग गर्नुहोला।नाजानोको कुरा छ भने सोध्नु होला। नचाईने जवाफ नदिनु होला। → काममा जादा जुत्ता लगाएर जानुहोला। → बस कुर्दा उभिएर लाईनमा पर्खनु होला। → बस कुर्ने बेलामा जहाँ पाहे तेही बाटो ,भर्यांगमा जथाभाबी नाबस्नुहोला। बस्ने ठाउमा मात्र बस्नुहोला। → बसमा होहल्ला नगर्नु होला ,फोनमा कुरा नगर्नु होला। → ब्रेअकको समएमा एकार्का सग ,फोनमा चर्को सोरमा कुरा नगर्नु होला। → ब्रेकको समय चर्को चर्को बोलेर कुरा नगर्नु होला। मोबाईलमा कुरा गर्दा सुस्तरी कुरा गर्नु होला। → खाजा खाएपछि आफु बसेको सिट सफा गरि ,फोहोरहरु भएमा फोहोर फाल्ने भनेमा फल्नुहोला। फोहोर फाल्दा तोकिएको डस्टबिन मा तोकिएको फोहोर फल्नुहोला। → गर्मीको समएमा सरिर मा पसिना गनाउने हुदा पसिना नगनाउने कुरा लगाउनु होला( कडा गन्न्द आउने पर्फुम नलगाउनु होला ) किनकि तापईलाई मन परेको पर्फुमको गन्दले गर्दा अरुहरु लाइ काम गर्न असहज हुनेछ
→ गर्मीको समएमा जुत्ता मोजा गनाउने गर्दछ ,तेसैले नगनाउने मोजा लगानुनुहोला।









 

MORE